कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वास मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि आइतबार निवेदन दर्ता गराएका हुन् ।
उनले आगामी १५ गते शुक्रबार संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव सचिवराज बुढाथोकीले जानकारी दिए । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
योसँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिने छन् । शर्मा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
राजनीतिप्रकाशित: १० बैशाख २०८० १५:०८ आइतबार