आमाछोरा १७ दिनदेखि बेपत्ता

आमाछोरा १७ दिनदेखि बेपत्ता


तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही वैशाख ३ गतेदेखि बेखबर छन् । 

माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए । “आमाछोराको  खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ”, उनले भने । 

भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किएका हुन् । 

Skip This
Logo