पूर्वगृहमन्त्री खाणको बयान सकियो

पूर्वगृहमन्त्री खाणको बयान सकियो


नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ। खाणको बयान मंगलबार बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा १० घण्टा  लिइएको थियो।

वैशाख २७ गते पक्राउ परेका खाणसँग प्रहरीले २८ गते नै प्रकरणसम्बन्धमा सोधपुछ गरेपनि उनकाे बयान भने रेकर्ड गरिएकाे थिएन।सोमबार पनि खाणको बयान लिइएकाे थियाे। बयानकाे क्रममा उनले स्वास्थ्य अवस्था ठीक छैन भनेपछि २ घण्टा‍पश्चात् बयान रोकिएकाे थियाे।

प्रहरीले उनीसँग १२ घन्टा बयान लिएकाे हाे। जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्नका लागि खाणविरुद्ध थप चार दिन समय दिएको थियाे।

Logo