खप्तडमा लगानी बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक छ : अध्यक्ष ढकाल

खप्तडमा लगानी बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक छ : अध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले खप्तड क्षेत्रको विकासका लागि सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।

सुदुरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो। पर्यटकीय लगायतका पुर्वाधार निर्माणका लागि वातावरणीय मुल्यांकन र जग्गा प्राप्ति निक्कै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो। उनले यसैपटकको बजेटबाट यी विषय सहज बनाउने हो भने तत्काल लगानी गर्न सकिने पनि बताए।

खप्तडमा पर्यटन पुर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि महासंघसंगको सहकार्यका लागि आएको सुदुरपश्चिमकाे प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीसंग अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

सातै प्रदेशमा केवलकार निर्माणको नेतृत्व गरिरहेका अध्यक्ष ढकाललाई खप्तडमा पनि केवलकार निर्माणका लागि टोलीले आग्रह गरेको थियो। यही जेठ २३, २४ र २५ खप्तडमा आयोजना हुने प्रवर्द्धन कार्यक्रममा अध्यक्ष ढकाल लगायत महासंघलाई निमन्त्रणा समेत दिइएको थियो। 

Skip This
Logo