भारत भ्रमणमा हुने सम्झौतामा राष्ट्रिय सहमति जुट्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

भारत भ्रमणमा हुने सम्झौतामा राष्ट्रिय सहमति जुट्ने प्रधानमन्त्री प्रचण्डको विश्वास


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणलाई लिएर आफूलाई सकरात्मक सुझाव प्राप्त भएको बताएका छन् । 

सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विभिन्न दलका नेताहरूसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले संचारकर्मीसंग आफूले सकरात्मक सुझाव प्राप्त गरेको बताएका हुन् । आफूले भारत भ्रमणका क्रममा गर्ने सहमति र सम्झौतामा राष्ट्रिय सहमति जुट्ने उनको विश्वास छ । 

‘पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ज्यूहरुको सुझाव सुने ।’ उनले भने, ‘अहिलेसम्म एकदम सकरात्मक छ सबैले राष्ट्रको हितमा सकारात्मक सुझाव दिनुभएको छ ।’ 

प्रधानमन्त्री प्रचण्ड आगामी जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदैछन् ।

Logo