भारतसँगको सबै समस्यालाई एकमुष्ट समाधानमा जोड दिनुपर्छः बाबुराम भट्टराई

भारतसँगको सबै समस्यालाई एकमुष्ट समाधानमा जोड दिनुपर्छः बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको सबै समस्यालाई एकमुष्ट समाधानमा जोड दिनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा आईतबार सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँगको भएको छलफलमा भट्टराईले विभिन्न सुझाव दिएका हुन् । छलफलपछि सञ्चारकर्मीसंग उनले छिमेकी राष्ट्रसंँगको सम्बन्ध सुमधुर बनाउने पाटो विश्वास भएको बताए ।

उनले भने, ‘छिमेकीसंँग राम्रो सम्बन्ध बनाउनको लागि विश्वासको पाटो प्रमुख हो । मैले के सुझाव दिएको छु भने हाम्रो सीमा समस्या छन् । खुल्ला सीमाना छन् । यि सबैलाई एकमुष्ट समाधान गर्नको लागि मेरो पालामा सुरु भएको इपीजी हो । यो के कारणले रोकिएको त्यो बुझ्नुपर्छ ।’ 

पूर्वप्रधानमन्त्री भट्टराईले भारतले बिभिन्न आयोजना परियोजनाहरु बनाइदिन्छु भनेर राख्ने तर नबनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए । 

Skip This
Logo