राष्ट्रपतिबाट रेशम चौधरीले पाए कैद सजाय माफी

राष्ट्रपतिबाट रेशम चौधरीले पाए कैद सजाय माफी


राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । 

गत शुक्रबार र आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसअनुरुप राष्ट्रपति पौडेलले टिकापुर हत्याकाण्डको मुख्य अभियुक्त चौधरीसहित १९ जनाको बाँकी कैद सजाय माफी दिएका हुन् ।

आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’ 

हेर्नुहाेस्, राष्ट्रपति कार्यालयकाे विज्ञप्ति-

 

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ७ जना प्रहरीसहित १ जना दूधे बालकको ज्यान गएको थियो । टीकापुर घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेको थियो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीको पार्टी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । 

Skip This
Logo