रेशम चौधरी ६ बर्ष पछि जेलमुक्त हुदैँ, आममाफीले १४ बर्ष जेल बस्नु परेन

रेशम चौधरी ६ बर्ष पछि जेलमुक्त हुदैँ, आममाफीले १४ बर्ष जेल बस्नु परेन


आज पुर्व सांसद रेशमलाल चौधरी ६ बर्षपछि जेलमुक्त हुदैँछन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अबधिको जेल मिनाहा गरेपछि उनी आज जेल मुक्त हुन लागेका हुन । गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ बर्षदेखी डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भएपछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा आउन निर्देशन दिएको छ ।

टिकापुर नरसंहारमा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायधिसद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३ औं दिनमा चौधरीलाई आममाफी दिईएको हो । 

२०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो । २०७७ पुस २ मा उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसाला सुनाएपछि उनी रिहा हुन सकेका थिएनन ।

उता उच्च अदालतको साे फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी कानुनतः २०९४ सालसम्म जेल सजायँमा बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय पछि उनी १४ बर्ष अघि नै जेलमुक्त हुन लागेका हुन् ।

२०७४ फागुनमा पक्राउ परेका उनी माथी टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बिभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ । तर, २०७४ सालको आमनिर्वाचनमा कैलाली–१ वाट निर्वाचित चौधरी जेलमुक्त हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता आज बिहान डिल्लीबजार पुग्दैछन् । 

Logo