कैलाली पुगेर रेशम चौधरीले भने- टीकापुर घटनाका राजबन्दीहरुलाई तत्काल रिहाई गरियोस्

कैलाली पुगेर रेशम चौधरीले भने- टीकापुर घटनाका राजबन्दीहरुलाई तत्काल रिहाई गरियोस्


नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले टीकापुर घटनाका राजबन्दीहरुलाई छिट्टै रिहाई गर्न माग गरेका छन् । 

रिहाई पश्चात गृहजिल्ला कैलाली पुगेका चौधरीले धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाई गर्न असोज ३ नै पर्खिनु नपर्ने भन्दै रिहाईको माग गरेका हुन् । 

उनले भने, ‘टीकापुर घटनाका राजबन्दीहरुलाई म जस्तै छिट्टै रिहाई गरियोस् र यसका लागि असोज ३ नै पर्खिनु पर्दैन् । प्रधानमन्त्री तपाईले एक हप्ता, दुई हप्ता जति सक्दो छिटो कारागारबाट रिहाई गर्नुपर्छ । जसले जे लेख्यो त्यही नै यथार्थ सत्य पनि होईन्, सत्य खोज्न धरातलमा नै पुग्नुपर्छ । टीकापुरवासीलाई टीकापुर घटनाको पीडा थाहा छ ।’ 

चौधरीले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएको भन्दै राज्यले उच्चस्तरीय छानबिन आयोग गठन गरेर धरातलमा गएर यो घटनाको छानविन गर्नुपर्ने बताए । टीकापुर घटनाको कथा एउटा र फिल्म अर्कै बनेको भन्दै यस्को वास्तविकता अहिले सुनिएको र भनिएको भन्दा फरक भएको उनले टिप्पणी गरे ।

चौधरी ६ वर्ष पछि आज बिहान जेलमुक्त भएका हुन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त भएका हुन् । उनलाई डिल्लीबजार सदरखोरबाट उनका बुबा लालबीरको जिम्मा लगाएर पठाइएको थियो । 

Skip This
Logo