देशलाई लुटेको हेरेर बस्न सकिँदैनः मन्त्री किराती

देशलाई लुटेको हेरेर बस्न सकिँदैनः मन्त्री किराती


संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले अशिक्षा र भ्रष्टचार सबैभन्दा ठुलो शत्रु भएको बताए ।  

सोमवार राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० उद्घाटन समारोहमा मन्त्री किरातीले देश भक्त नेपालीहरु आगो भएको र देशलाई लुटेको टुलुटुलु हेर्न नसकिने बताएका हुन् । 

‘हिजो हामी सुन्थ्यौं । ठुला माछाहरु छ नेपालमा यी ठुला माछाहरु समाउन सकिएको छैन । भ्रष्टचारको कुरा उठ्यो भने खोल्सा खाल्सिमा रमाउने गङगटा, भ्याकुता र छेपारो मात्र पक्रिन्छ । तपाईहरुको निरन्तर सडकको जनताहरुको घरघरबाट हातको मोबाईल मोबाइलबाट गरेको दवाव सिर्जनाले आज डल्फिनहरु पनि समाईएका छन्। 

उनले भने, ‘हामी आगो हौं । देश भक्ति नेपालीहरु आगो हौं । हामी बलेर, जलेर सकिन्छौं तर ढलेर सकिदैनौं । हाम्रो देशलाई लुटेको हामी टुलु हेर्न सक्दैनौं । अब हाम्रो एउटै शत्रु अशिक्षा र भ्रष्टचार हो ।’

उनले भ्रष्टचारको कुरा उठ्यो भने खोल्सा खाल्सिमा रमाउने गङगटा, भ्याकुता र छेपारोलाई मात्र पक्रिएको बताए । त्यसैले गणतन्त्रको रक्षा र विकास गर्नको निम्ती हामी सबै अग्रसर भएर लाग्नु पर्ने उनको भनाई छ  । 

उनले कला मनोरञ्जन नभएर हाम्रो जीवन समेत हो भने । नेपाली मन्दिर र घरका टुडाँलहरु कलाका उत्कृष्ट नमूना भएको भन्दै यिनीहरुको संरक्षण सबैको दायित्व भएको उनले बताए । 

Logo