एकै दिन निको भए १,७०५ संक्रमित, कूल निको हुनेको संख्या १० हजार २९४

एकै दिन निको भए १,७०५ संक्रमित, कूल निको हुनेको संख्या १० हजार २९४


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । आज १४४ जना थपिएका छन् । आइतबार ८२ थपिएका थिए । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । विहिबार १०८ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १० हजार २९४ जना पुगेको छ । आज १,७०५ जना निको भएका छन् । आइतबार १४७ जना निको भएका थिए । शनिबार ४३१ जना निको भएका थिए । शुक्रबार १२० जना निको भएका थिए । विहिबार १३९ जना निको भएका थिए ।
अब ६ हजार ६१३ निको हुन बाँकी छ ।

यस्तै मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्लामा कोरोना मुक्त भएका छन् ।

Skip This
Logo