गगन थापालाई कांग्रेस नेताको प्रश्नः टिकटमा भरौटे चाहिने तपाईं र देउवामा के फरक ?

गगन थापालाई कांग्रेस नेताको प्रश्नः टिकटमा भरौटे चाहिने तपाईं र देउवामा के फरक ?


नेपाली कांग्रेस नेता ताराबहादुर कोइरालाले महामन्त्री गगन थापालाई तपाईं र सभापति देउवामा के फरक छ भनेर प्रश्न गरेका छन् । 

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको पहिलो सम्मेलनमा प्रमुख अतिथी रहेका महामन्त्री थापालाई नेता कोइरालाले टिकटमा भरौटे चाहिने तपाईं र शेरबहादुर देउवामा के फरक भयो ? भनेर सोधेका हुन् । 

उनले भने, ‘रुपान्तरणको नारा दिनुहुन्छ कहिँले कहिँले, केको नारा हामी पत्याएर पछि लाग्छौं नाराले मात्र शेरबहादुर प्रवृत्ति अन्त्य हुँदैन । तपाई र शेरबहादुर देउवामा के फरक हामी कसरी देख्ने तपाईं ? महाधिवेशनमा तपाईका नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने । टिकटमा तपाईका भरौटे चाहिने, शेरबहादुरलाई पनि त्यस्तै चाहिने । तपाईं र शेरबहादुरमा कसरी फरक देख्ने ?’

नेता कोइरालाले थापाको रुपान्तरण अभियानप्रति पनि प्रश्न उठाउँदै चिल्लो अनुहार देखाउँदैमा कांग्रेस रुपान्तरण नहुने बताए । उनले भने, ‘फरक हुने हो भने गुण्डा र डनको संरक्षण गर्दिंन भन्नुस् । भ्रष्टाचार गर्दिन भन्नुस्। विपरित धारमा बग्ने आँट गर्नुस् । चिल्लो अनुहार देखाउँदैमा कांग्रेस रुपान्तरण हुँदैन ।’

Logo