सदन सरकारको लापरवाहीको बन्धक भयोः एमाले सचेतक बर्तौला

सदन सरकारको लापरवाहीको बन्धक भयोः एमाले सचेतक बर्तौला


नेकपा एमालेका सचेतक महेश बर्तौलाले सदन सरकारको लापारवाहीको बन्धकमा परेको टिप्पणी गरेका छन् ।

आईतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सचेतक बर्तौलाले कानूनका विभिन्न प्रक्रिया र विधिको बारेमा सरकारले पटक पटक अनादर गरेको टिप्पणी गरे । 

उनले भने ‘कानुन बनाउने औपचारिक थलोलाई नै कानूनका प्रक्रिया र विधिको बारेमा सरकारले पटक पटक अनादर गर्ने । सरकारको लापारवाहीको बन्धकमा सदन बन्नपर्ने, हामी सांसद सरकारको कमी कमजोरी लापारवाहीको जवाफ दिँदै हिड्न पर्ने ? यो कहिले सम्म ?'

राष्ट्रिय  सभाले के पास ग-यो ? के सन्देश पठायो ? यो प्रतिनीधि सभाको माननीयहरुले थाहा पाउने अधिकार छैन ? त्यो विधि यहि हो ? सरकारलाई उनको प्रश्न छ । 

Logo