नेपालले आयरल्यान्डविरुद्ध टस हार्‍यो

नेपालले आयरल्यान्डविरुद्ध टस हार्‍यो


नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध ब्याटिङको निम्तो पाएको छ । 

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भएको टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । योसँगै केहीबेरमा नेपाल ब्याटिङमा मैदान उत्रनेछ । 

नेपाल समूह ए बाट चार खेलमा तीनमा हार र एक जितसहित चौँथो स्थानमा रहेर छनोटबाट बाहिरिएको थियो। दोस्रो प्लेअफमा युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले  आयरल्यान्डसँगको भेट पक्का गरेको हो।

Skip This
Logo