उत्कृष्ट फ्याकल्टीका साथै विज्ञान र व्यवस्थापन संकायको अध्ययनका लागि सही गन्तव्य किस्ट कलेज, कमलपोखरी

उत्कृष्ट फ्याकल्टीका साथै विज्ञान र व्यवस्थापन संकायको अध्ययनका लागि सही गन्तव्य किस्ट कलेज, कमलपोखरी


२८ वर्ष अगाडी स्थापना भएको किष्ट अर्थात् काठमाडौं इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी काठमाडौंको कमलपोखरीमा अवस्थित छ । ७० भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययनरत किस्ट कलेजबाट १५ हजार बढी विद्यार्थी ग्रयाज्युएट भएका छन् । 

उत्कृष्ट नतिजा पस्किँदै शैक्षिक संस्थाहरुको भिडमा छुट्टै छाप छोड्न सफल यस कलेज अनुभवी अध्यापक तथा भिन्न शैलीको सिकाई विधिले समेत विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।

मास्टर्ससम्म ९ वटा कार्यक्रममा अध्ययनअध्यापन हुँदै आएको यो कलेजमा प्लस टु तर्फ विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । अध्यापनमा मात्र नभएर किस्टले जीवनोपयोगी शिक्षा समेत प्रदान गर्दै आएको छ । उत्कृष्ट नतिजा पस्किँदै शैक्षिक संस्थाहरुको भिडमा छुट्टै छाप छोड्न सफल यस कलेज अनुभवी अध्यापक तथा भिन्न शैलीको सिकाई विधिले समेत विद्यार्थीको रोजाईमा पर्दै आएको छ । 

किस्ट कलेजले निश्चित संख्यामा विद्यार्थीलाई भर्ना लिएर नतिजामुखी अध्यापन गराउने गर्छ । समयसान्दर्भिक अध्यापन तथा सिर्जनशील सिकाइका कारण किस्ट रोजाईमा पर्दै आएको छ । पाठ्यक्रममा आधारित को–करिकुलम एक्टिभीटिज तथा अतिरिक्त क्रियाकलापका लागि समेत कलेजले प्राथमिकता दिएको छ । त्यसका लागि रोबोटिक्स क्लब, युथ कलब, सोसल क्लब,आइटी क्लब, रेड क्रस, खेलकुद प्रतियोगीता लगायत छन् । 

किस्ट कलेजले निश्चित संख्यामा विद्यार्थीलाई भर्ना लिएर नतिजामुखी अध्यापन गराउने गर्छ ।

विद्यार्थीको सर्वांगीण विकासमा ध्यान दिँदै पर्याप्त खेल मैदान, श्रोत सामग्रीसहितका पुस्तकालय,सुविधा सम्पन्न भौतिक पूर्वाधार, यातायात सुविधा उपलब्ध कलेजले हरेक वर्ष प्रत्येक संकायमा सतप्रतिशत नतिजा ल्याइरहेको छ । समय सान्दर्भिक एवम् गुणस्तरीय शिक्षा दिँदै आएको किस्ट उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन । 

Logo