सिन्धुपाल्चोक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा शनिबारसिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै सो क्षेत्र भारतले आफ्नो नक्शामा समावेश गरेकोप्रति आपत्ति जनाए । “सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र नक्शा प्रकाशित गर्न जरुरी रहेको छ । ” वरिष्ठ नेता खनालले भने ।
सरकारले समाजवाद उन्मुख काम गरेको , सबै दल संविधानभित्र आउनुपर्ने र नआउने दल पछि पर्ने पूर्वप्रधानमन्त्री खनालले उल्लेख गरे । हालै सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टी एकता थप बलियो भएको सन्देश गएको उनले जनाए । कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष जेवी विकले गरेका थिए ।
रासस
प्रकाशित: ४ फाल्गुन २०७६ ०६:३१ आइतबार