महोत्तरीको रातु नदीमा आएको बाढीले उर्बरभूमि र बस्ती जोखिममा

महोत्तरीको रातु नदीमा आएको बाढीले उर्बरभूमि र बस्ती जोखिममा


सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु नदीको वहाव ह्वात्तै बढेको छ।

नदीको तटिय क्षेत्रका कतिपय उर्बरभूमी डुवानमा परेका छन् भने बस्तीसमेत जोखिमा परेका छन्। पानीको सतहमाथि आएपछी बर्दिबासस्थित पाटुमा खोला नै धान खेतबाट बगेको छ।

क्षतिको औपचारिक जानकारी प्राप्त नभए पनि उर्बर क्षेत्रमा ठुलो नोक्सान भएको हुन सक्ने अनुमान गरिएको छ। नदी प्रणाली क्षेत्रमा काम गरेका कतिपय चुरे विज्ञहरुले त तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाइ सजग रहन सचेत गराएका छन्।

चुरेविज्ञ नागदेव यादवले रातुले गराउन सक्ने क्षतिप्रति सचेत गराउँदै आफ्नो फेसबुकबाट नै रातुको उर्लंदो बाढीप्रति संवेदनशील बन्न सुझाव दिएका छन्।बर्दिबास,बल्वाको लेउरी,भल्गी, धमौरा, तिलगढ,भगवतीपुर,संग्रामपुर,कविलाशा,दोस्तिया,हातिसर्वाजस्ता ठाउँका कतिपय भागहरु डुवानमा परेका पूर्व बाढी सूचना क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्चले जनाएको छ।

बाढीमापन गर्दा रातु नदीमा २.५० मिटरको पानीको वहाव रहेको चुरेविज्ञ नागदेव यादवले बताए। रातभरि पानी परे पनि पानीको वहाव सतह भने बिहान ५ बजेपछि बढेको हुनाले मानवीय क्षति भने हुन नपाएको जनप्रतिनिधिहरुले बताएका छन्।

Skip This
Logo