1

सञ्चारमन्त्रीको बर्खास्तको माग गर्दै कसले के-के भने ?

1
1
1

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि धेरैले बर्खास्त गर्न माग गरेका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणको ठेक्का प्रक्रियामा सञ्चारमन्त्रीको नाम विवादित भएपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा भनेका छन्– “सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यु ! इन्तु, परन्तु, किन्तुकोे अर्थ छैन । न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् बांकी छलफल अनुसन्धानको प्रक्रियामा !”

त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले भने “प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु । यस व्यक्तिलाई तत्काल हटाउनु होस् र विषयस् सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन गर्न माग गर्दछु ।”

यता साझा पार्टीले पनि प्रेस विज्ञाप्तिमार्फत सञ्चारमन्त्रीको बर्खास्त गर्न माग गरेको छ । साझा पार्टीको प्रेस विज्ञाप्तिमा भनिएको छ–“आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै नीजि निवासमा बस्दै आएका सञ्चारमन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग माग गरेका छन् ।”

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसका लागि स्वीस कम्पनीसँग एजेन्ट विजय मिश्रले कमिसन अफर गरेका छन् । र, मन्त्री बाँस्कोटाले रुचीपूर्वक कुराकानी गरेका छन् । एजेन्ट र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा लेनदेनको विषयले प्रमुखता पाएको छ ।

प्रकाशित: ८ फागुन २०७६ १३:०१ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी