नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे


आज नेपाली बजारमा सुनकाे मूल्य १ सय रूपैयाँले घटेकाे छ। मंगलबार १ लाख ११ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भएकाे छ।

यस्तै तेजाबी सुन १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले घटेकाे छ। मंगलबार १ हजार ३ सय ८० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo