अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा


सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न शुरु गरेको छ ।

प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्यापटपकाे स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् । 

गत वर्षको मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो । २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने भनिए पनि तयारी नपुगेपछि आज औपचारिक घोषणा गरिएको हो । 

Logo