काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिनमा ‘भिजन टु एक्सन’ नामक पुस्तक बजारमा ल्याएका छन् ।
राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले ‘भिजन टु एक्सन’ पुस्तक शनिबार सार्वजनिक गरेका हुन् ।
सो पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारेका आफ्ना सम्बोधनहरू संग्रह गरेका छन् । पुस्तकमार्फत अबको नेपाल कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेको प्रधामन्त्रीले बताए ।
प्रकाशित: १० फागुन २०७६ १७:२५ शनिबार