ललिता निवास प्रकरणमा सीआईबीले गैरकानूनी आदेश नसुनोस्ः रवि लामिछाने

ललिता निवास प्रकरणमा सीआईबीले गैरकानूनी आदेश नसुनोस्ः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय जाँच ब्यूरो (सीआईबी) लाई ललिता निवास प्रकरणका सन्दर्भमा गैरकानुनी आदेश नसुन्न र नमान्न आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान  बिनानै अपुरो र अधुरो फाइल पेस नगर्न  भनेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ ठुलै गडबड छ।’

Logo