११ असार २०७९ शनिबार
1
1
1
1

कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्दको घोषणा

1
1
1
1

चितवन ।

नेपाली कांग्रेस चितवनले आगामी फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ ।

जिल्लाको माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं कांग्रेस नेता कृष्णप्रसाद पौडेलको आमरण अनसनमा सरकारले कुनै ध्यान नदिएको भन्दै कांग्रेस चितवनले फागुन १५ गते बन्दको घोषणा गरेको हो ।

फागुन ७ गतेदेखि आमरण अनसनमा बसेका पौडेलको स्वास्थ्य गम्भीर हुँदासमेत सरकारले वास्ता नगरेको भन्दै कांग्रेसले उनको जीवनरक्षाको माग गर्दै पौडेलले राखेका माग पूरा गर्न माग पनि गरेको छ ।

कांग्रेसले दबाबस्वरुप आन्दोलनका कार्यक्रमसमेत जारी गरेको छ । जस अनुसार फागुन १२ (आज) देखि १५ गतेसम्मका दैनिक कार्यक्रम सार्वजनिक गरेको कांग्रेसले १५ गते चितवन बन्द नै आब्हान गरेको हो ।

‘अहिंसात्मक आन्दोलन मार्फत उठाईएका मागहरु राज्यले समयमै समाधान गर्न हरदम प्रयत्नशिल रहनुपर्दछ तर आज छैटौँ दिनसम्म पनि अनसनकारी पौडेलका जायज मागमा वेवास्ता गरिएको प्रति हामी खेद प्रकट गर्दछौँ ।’ जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित: १२ फागुन २०७६ १६:०१ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी