भारत र पाकिस्तानविरुद्ध उत्रने नेपाली टीमका कुन खेलाडीको प्रदर्शन कस्तो ? [पछिल्ला ५ खेलमा]

भारत र पाकिस्तानविरुद्ध उत्रने नेपाली टीमका कुन खेलाडीको प्रदर्शन कस्तो ? [पछिल्ला ५ खेलमा]


नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा रहेको टोली १७ सदस्यीय छ ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत र पाकिस्तान पनि छन् । एसिया कपको मुख्य प्रतिष्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्ने छ । नेपालले पाकिस्तानको स्थानीय  टोलीसँग केही अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन् । 

May be an image of 4 people and text that says 'KELME'

एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बीच भदौ १३ हुनेछ ।

नेपाली टीमले अहिलेसम्म खेलेको प्रतियोगितामध्येको सवैभन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ । यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ । अहिलेसम्म जति पनि खेलहरु नेपाली टोलीले खेलेको छ, ती सवै धेरैजसो आफ्नो वरियता स्तरभन्दा तलका टोलीहरुसंग खेलेको छ । यसअघि भएको एसीसी मेन्स इर्मजिङ्ग प्रतियोगितामा पनि नेपाली टोली मात्र सिनियर टोली रहेको थियो अरु सवै जुनियर टोली थिए । 

एसिया कपका प्रतिष्पर्धी हेर्दा सबैभन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका हो । अफगानिस्तान पनि सरप्राइज प्याकेजको रुपमा रहेको छ । 

May be an image of 4 people, people playing football and text that says 'NEPAL'

एसियन पिचमा अफ्गानी स्पीनरको जादू चलेमा विश्व क्रिकेटमा राज गरिरहेका जुनसुकै टोलीलाई हराउने क्षमता अफगानिस्तानको रहेको छ । कुनैसमय नेपाली टोलीसंग हार व्यहोर्ने अफगानिस्थान अहिले विश्व क्रिकेटमा एउटा राम्रो टोलीको रुपमा विकसित भई सकेको छ । नेपाल भने अहिले पनि विभिन्न विवाद र खेल अभ्यासको कमिले जहाँको त्यही रहेको छ ।

खेलाडीहरुलाई सेवासुविधादेखि लिएर खेलाडीहरुको अनुशासन र खेल अभ्यासमा कमिको कारण नेपाली क्रिकेटले अझैपनि गति लिन नसकेको हो ।

नेपाली टाेलीमा कुन खेलाडीको अवस्था कस्तो ? (पछिल्ला ५ खेलः एकदिवसीय तथा लिस्ट ए)

May be an image of 3 people, people playing soccer, people playing football and text

रोहित पौडेल (कप्तान)
नेपाली टीमका कप्तान रोहित पौडेलले २०१८ अगस्ट ३ मा नेदरल्याण्डविरुद्ध नेपाली टीममा डेव्यु गरेका हुन् । उनले हालसम्म ५२ एकदिवसीय खेल खेलेका छन् । उनले १ हजार ४ सय ६९ रन बनाएका छन् भने उनको औसत लगभग ३२ रहेको छ उनले १ शतक र ८ अर्धशतक लगाएका छन् भने उनको अधिकतम स्कोर १२६ हो । उनले अन्तिम ५ खेलमा २२ को औसतमा एक सय ११ रन मात्र बनाएका छन् उनको उच्चतम स्कोर ६५ मात्र रहेको छ । उनी अहिले त्यति राम्रो लयमा छैनन् ।

May be an image of 1 person and text that says 'KELME'

अरिफ शेख
व्याट्सम्यान अरिफ शेख २०१८ अगस्ट १ मा नेदरल्याण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन् । उनले हालसम्म नेपालको लागि ४७ वटा एकदिवसीय खेल खेलेका छन् । उनले २५ को औसतमा ८ सय ७८ रन बनाएका छन् उनको उच्चतम स्कोर ६६ हो भने उनले ६ वटा अर्धशतक लगाएका छन् । उनले अन्तिम ५ खेलमा २० को औसतले ८० रन बनाएका छन् उनको उच्चतम स्कोर ६३ रहेको छ ।

May be an image of 1 person and text that says 'CAN'
 
आसिफ शेख (विकेटकिपर)
आसिफ शेखले २०२१ सेक्टेम्बर ७ मा पपुवान्युगिनी विरुद्ध नेपालका लागि डेव्यु गरेका थिए । उनले हालसम्म नेपालको लागि ४१ खेलमा १ हजार १ सय ८७ रन बनाएका छन् । उनले ३१ को औसतमा १ शतक र ९ अर्धशतक बनाएका छन् भने उनको उच्चतम स्कोर ११० हो । उनले पछिल्ला ५ खेलमा १२ को औसतले ५९ रन मात्र बनाएका छन् । 

May be an image of 1 person, playing tennis and text that says 'CAN KELM'

दिपेन्द्रसिंह ऐरी
व्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले २०१८ अगस्ट १ मा नेदरल्याण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन् । उनले हालसम्म नेपालको लागि ५० वटा एकदिवसीय खेल खेलेका छन् । उनले १९ को औसतमा ८ सय ५७ रन बनाएका छन् । उनको अधिकतम स्कोर १०५ हो भने उनले १ शतक र ३ अर्धशतक बनाएका छन् ।  उनले वलिङतर्फ ३६ विकेट लिएका छन् भने उनको वेस्ट फिगर ३/१८ हो । उनले पछिल्ला ५ खेलमा ४८ को औसतमा १४५ रन बनाएका छन् भने ४ विकेट लिएका छन् । उनको सर्वाधिक स्कोर ७९ नटआउट रहेको छ । उनको अहिलेको प्रदर्शन भने सन्तोषजनक रहेको छ । 

May be an image of 1 person and text that says 'CAN CAN KELME CAN'

कुशल भुर्तेल
व्याट्सम्यान कुशल भुर्तेलले २०२१ सेक्टेम्बर ७ मा पपुवान्युगिनी विरुद्ध नेपालका लागि डेव्यु गरेका हुन् । उनले नेपालका लगि ४४ खेल खेलेका छन् । उनले २३ को औसतमा ९ सय ८६ रन बनाएका छन् उनको नामा १ शतक र ६ अर्धशतक रहेको छ भने उनको उच्चतम स्कोर ११५ हो । उनले वलिङतर्फ ४ विकेट लिएका छन् । उनको पछिल्ला ५ खेलमा २३ को औसतमा ११५ रन बनाएका छन् भने ६ विकेट लिएका छन् । पछिल्लो समयमा उनको प्रदर्शन मध्यम रहेको छ ।

अर्जुन साउद 
विकेटकिपर व्याट्सम्यान अर्जुन साउद २०२२ नोभेम्बर १४मा युएई विरुद्धको खेलमा नेपालका लागि डेव्यु गरेका हुन् । उनी व्याकअप विकेटकिपरको रुपमा नेपाली टीममा समावेश भएका छन् । उनले नेपालका लागि ९ खेलमा १९ को औसतमा १७४ रन बनाएका छन् । उनको नाममा १ अर्धशतक रहेको छ । उनको पछिल्ला ५ खेलमा १६ को औसतमा ६६ रन बनाएका छन् । 

May be an image of 1 person and text that says 'CAN CAN SHREY KELME'

भीम सार्की
व्याट्सम्यान भीम सार्कीले २०२२ मार्च २२ मा पपुवान्युगिनी विरुद्धको खेलमा नेपालका लागि डेव्यु गरेका हुन् । उनले १९ खेलमा ३५ को औसतमा ४५२ रन बनाएका छन् । उनले ३ अर्धशतक बनाएका छन् भने उनको सर्वाधिक स्कोर ७७ हो । पछिल्ला ५ खेलमा उनले ९ को औसतमा ४७ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर २२ रन रहेको छ ।

May be an image of 2 people and text that says 'CAN KELME'

करण केसी
टिममा अलराउण्डरको रुपमा रहेका फास्टवलर करण केसीले २०१८ अगस्ट १ मा नेदरल्याण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन् । उनले हालसम्म नेपालको लागि ४६ वटा एकदिवशीय खेल खेलेका छन् । उनले नेपालको लागि ७७ विकेट निकालेका छन् भने उनको वेस्ट फिगर ५/३३ हो । उनले ३ पटक ५ विकेट निकालेका छन् भने ५ पटक ४ विकेट निकालेका छन् । उनले व्याटिङतर्फ १४ को औसतमा ३४९ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ४२ रन रहेको छ  ।  पछिल्ला ५ खेलमा उनले १२ विकेट निकालेका छन् भने उनको ४/३३ वेस्ट फिगर हो । व्याटिङमा उनले ११ को औसतमा ३३ रन बनाएका छन् ।  

May be an image of 1 person and text that says 'CAN CAN KELME KELME CAN'

कुशल मल्ल
अलराउण्डर कुशल मल्लले २०२० फेवेवरी ८ मा युएई विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन् । उनले नेपालका लागि २७ खेलमा २७ को औसतमा ६ सय २६ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर १०८ हो भने उनले १ शतक र ४ अर्धशतक बनाएका छन् । उनले वलिङ तर्फ १८ विकेट लिएका छन् उनको वेस्ट फिगर २/६ रहेको छ । उनले पछिल्ला ५ खेलमा १९ को औसतमा ७५ रन बनाएका छन् उनको सर्वाधिक स्कोर ४४ हो । उनले २ विकेट पनि निकालेका छन् । उनको पछिल्लो समय मध्यम प्रदर्शन रहेको छ ।

प्रतिश जिसी
अलराउण्डर प्रतिश जिसीले २०२३ फेवेवरी २७ मा पपुवान्युगिनी विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन् । उनले २ विकेट लिएका छन् भने ११ रन बनाएका छन् । उनको अहिलेको प्रर्दशन हेर्दा पनि ५ खेलमा २ विकेट लिएर ११ को औतमा ३४ रन बनाएका छन् ।

May be an image of 1 person, playing soccer, playing football and text

सोमपाल कामी
फास्टवलर अलराउण्डर सोमपाल कामीले २०१८ अगस्ट १ मा नेदरल्याण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन् । उनले हालसम्म नेपालको लागि ४७ वटा एकदिवसीय खेल खेलेका छन् । उनले अहिलेसम्म नेपालका लागि ६३ विकेट लिएका छन् उनको वेस्ट फिगर ५/३३ हो । उनले एकपटक ५ विकेट र एक पटक ४ विकेट लिएका छन् । व्याटिङतर्फ उनले २१ को औसतमा ४ सय ७८ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ६३ रन हो । उनको नाममा २ वटा अर्धशतक रहेको छ । पछिल्ला ५ खेलमा उनले ७ विकेट लिएका छन् भने वेस्ट फिगर ५/५७ रहेको छ । उनले ३६ को औसतमा १०८ रन बनाएका छन् उनको सर्वाधिक स्कोर ७५ रहेको छ ।

May be an image of 2 people, people playing football, people playing soccer and text

गुल्सान झा
मिडियम पेसवलर गुल्सन झाले २०२१ सेक्टेम्बर १७ मा युएसएविरुद्धको खेलमा नेपाली टोलीमा डेव्यु गरेका हुन् । उनले नेपालको लागि २२ खेलमा २१ विकेट लिएका छन् । उनको वेस्ट फिगर ३/२८ हो । उनले व्याटिङमा पनि राम्रो योगदान गरेका छन्, उनले ३५ को औसतमा ४५२ रन बनाएका छन् भने उनको सर्वाधिक स्कोर ६७ हो । उनले ३ वटा अर्धशतक पनि वनाएका छन् । उनले पछिल्ला ५ खेलमा २ विकेट मात्र लिएका छन् भने व्याटिङमा ३३ को औसतमा १३१ रन बनाएका छन् ।

सन्दीप लामिछाने
नेपालका मुख्य बलरको रुपमा रहेका स्पिनर सन्दीप लामिछाने नेपालका धेरै अनुभवी बलर हुन् । उनले २०१८ अगस्ट १ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन् । उनले हालसम्म नेपालको लागि ४९ वटा एकदिवशीय खेलमा १११ विकेट लिएका छन् । उनको वेस्ट फिगर ६/११ हो । उनले ३ पटक ५ विकेट र ८ पटक ४ विकेट लिएका छन् । उनले व्याटिङमा १५ को औसतमा ३ सय ६७ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ३५ रन हो । उनले पछिल्ला ५ वटा एक दिवशीय खेलमा ६ विकेट लिएका छन् । व्याटिङमा २४ को औसतमा ७३ रन बनाएका छन् ।

ललित राजवंशी
बलर ललित राजवंशीले २०१९ जनवारी २५ मा युएई विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन । उनले नेपालका लागि २१ खेलमा २८ विकेट लिएका छन् । उनको वेस्ट फिगर ५/२० हो । उनले १ पटक ५ विकेट लिएका छन् भने २ पटक ४ विकेट लिएका छन् । उनले पछिल्ला ५ खेलमा ६ विकेट लिएका छन् । 

सन्दीप जोरा
व्याटर सन्दीप जोराले नेपालका लागि ५ खेलमा ११ को औसतमा ५६ रन बनाएका छन् उनको सर्वाधिक स्कोर २८ रहेको छ ।

किशोर महतो
किशोर महतोले पनि नेपालका लागि २ वटा खेल खेलेका छन् उनले २ खेलमा नट आउट १ रन र २ विकेट लिएका छन् । 

मौसम ढकाल 
स्पीन वलर मौसम ढकालले राष्ट्रिय टोलीबाट डेव्यु गरेका छैनन् । उनले एकमात्र लिस्ट ए खेल युएईविरुद्ध खेलेका छन् । उनले सो खेलमा २ विकेट लिएर ४४ रन दिएका थिए । उनलाई सन्दीप लामिछानेको विकल्पमा टीममा समावेश गरिएको हो ।  

टोलीमा परेका खेलाडीहरुको प्रोफाइल अध्ययन गर्दा धेरै खेलाडीहरु ‘आउट अफ फर्म’ रहेका छन् । लगातार टोलीमा पर्दा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् त्यसैले उनीहरु धेरैका लागि यो एसिया कप नै अन्तिम मौका हुनसक्छ ।

नेपाली टिम-
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, मौसम ढकाल (श्याम)

Logo