गाईजात्रालाई मध्यनजर गर्दै काठमाडौँका यी ठाउँमा दुई दिन गाडी चलाउन नपाइने

गाईजात्रालाई मध्यनजर गर्दै काठमाडौँका यी ठाउँमा दुई दिन गाडी चलाउन नपाइने


काठमाडौँ महानगरपालिकाले काठमाडौँबासीले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्वलाई मध्यनजर गर्दै केही स्थानमा सडक आवतजावतमा प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो।

काठमाडौँ महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ। काठमाडौँका साथै देशभरी बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाइन्छ छ

Logo