११ कात्तिक २०७८ बिहीबार

सभा–सम्मेलन नगर्न सरकारको आग्रह

सरकारले ठूलो संख्यामा हुने भेला, सभा, सम्मेलनलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिमका कारण यस्ता कार्यक्रम नगर्न आग्रह गरेका हुन्।

पत्रकार सम्मेलनमा मन्त्री ढकालले त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँचलाई अझै कडाइ गर्ने बताए । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेपछि विमानस्थलमा अहिले थर्मल स्क्यानर थप गरिएको छ । पहिले ३ वटा थर्मल स्क्यानर राखिएकोमा ३ वटा थप गरिएको छ ।

केही देशले अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेका छन् । नेपालले पनि केही ठाउँका उडान स्थगित गर्ने विषयमा छलफल गरिरहेको मन्त्री ढकालले बताए । साथै भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनलाई यथावत् राखिने मन्त्री ढकालले बताए ।

प्रकाशित: १८ फागुन २०७६ १८:०३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी