1
0
Shares

कांग्रेसका संस्थापक सन्त नेता भट्टराईको आज ९ औं स्मृति दिवस

1
1
1

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज ९ औं स्मृति दिवस हो । सन्त नेता भट्टराईको वि.सं ०६७ साल फागुन २० गते निधन भएको थियो ।

वि.सं. १९८१ मा जन्मिएका भट्टराईले राणाशाही र पञ्चायत विरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए । करिव २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत भएका थिए ।

वि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा देखिनै नेपालको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान देशलाई दिएका थिए । ०५६ सालको आम निर्वाचनपछि पनि उनी प्रधानमन्त्री भएका थिए ।

२०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख भएका उनी नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत हुन् । सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकस मात्र आफूसँगै लिएर फर्किएका थिए । जसकै कारण आज पनि उनलाई सन्त र आदर्श नेताको रुपमा लिने गरिएको छ । भट्टराई नेपाली कांग्रेसभित्र किसुनजी नामबाट पनि परिचित थिए ।

प्रकाशित: २० फागुन २०७६ ०८:२० मंगलबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी