लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परापूर्व कालदेखि मनाइदै आएको तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको बताएका छन्।
नेपाली हिन्दू महिलाको महत्वपूर्ण तथा महान पर्व तिजको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले हरितालिकाको महत्व, परम्परा, मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सकियोस् भन्ने कामना गरेका हुन्। उनले तिज पर्वमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनको पनि अन्त्य हुनुपर्नेमा जोड दिए ।
मूख्यमन्त्री चौधरीले यस पर्वले नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, पारिवारिक एकता, सदभाव र पारस्परिक सम्बन्ध कायम होस भन्दै यस्ता सांस्कृतिक पर्वहरूले सबै प्रदेशबासीको बीचमा विविधतामा एकता,धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
प्रकाशित: १ असोज २०८० १२:४४ सोमबार