ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेका छौँः उपाध्यक्ष रिजाल

ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेका छौँः उपाध्यक्ष रिजाल


नेपाल वोर्डका उपाध्यक्ष चन्द्र रिजालले ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्।

बुधबार ललितपुरमा आयोजित ४४औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँ र देशका लागि पर्यटनले दिने योगदानलाई ध्यान दिँदै बोर्डले ग्रामीण र आन्तरिक पर्यटनलाई महत्वपूर्ण ढङ्गले हेर्दै आइरहेको बताएका हुन्। 

उनले भने,‘हामीले हाम्रो गाउँ हाम्रो देशलाई चिनेनौँ भने सही गन्तव्यमा पुग्न सक्दैनौँ। नेपालको पर्यटनलाई चिन्न सक्दैनौँ र पर्यटनले दिने योगदानलाई बुझ्न सक्दैनौँ भनेर हामीले ग्रामीण पर्यटनलाई र आन्तरिक पर्यटनलाई महत्पूर्ण ढङ्गले हेर्दै आइरहेको छाैँ।’ 

उनले पर्यटन क्षेत्रमा कार्यकर्ताले नीति नियमको पालना नगरी अराजकता बढेको टिप्पणी गरे। पर्यटन अराजकताले नभए थाईत्वले र शान्तिले चल्ने उनको भनाई छ। 

Logo