एमाले बागमतीमा नयाँ नेतृत्व चयन हुँदै, के भन्छन् उम्मेदवारहरु ?

एमाले बागमतीमा नयाँ नेतृत्व चयन हुँदै, के भन्छन् उम्मेदवारहरु ?


नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन हुँदै छ। काठमाडौंमा जारी नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो । 

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला गरि ५ जनाको उम्मेदवारी परेको छ । यस्तै सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका हुन् ।

उक्त अधिवेशनमा उम्मेद्वारी दिएकाहरुले आफ्नो उम्मेद्वारी राजनीतिक सुधारका लागि भएको जिकिर गरेका छन् । 

ललितपुरका निवर्तमान प्रतिनिधि सभा सदस्य र बागमती प्रदेश संगठन कमिटिको सचिव पदको उम्मेदवार नवराज शिलवालले सबैजना मिलेर राजनीतिलाई सबलिकरण गरेर अपराधिकरण हटाउन योगदान गर्ने उद्देश्यले उम्मेद्वारी दिएको बताएका छन् । उनले भने, ‘आर्थिक, सामाजिक विकास गर्ने मुद्दा ओझेलमा परेको अवस्थामा अब पार्टीलाई एउटा नयाँ तरिकाले नयाँ उचाईकासाथ चलाएर समाजवादी अर्थतन्त्र निमार्ण गर्नको लागि नयाँ उचाईमा काम गर्नुपर्ने भएको हुनाले जनताहरुलाई पनि एकताबद्ध गरेर अगाडि बढ्नु पर्ने एउटा जिम्मेवारी पार्टीमाथि रहेको छ । त्यसलाई पूरा गर्न हामी मिलेर काम गर्नुपर्ने अवस्था छ र सबैजना मिलेर राजनीतिलाई सबलिकरण गरेर अपराधिकरण हटाएर योगदान गर्ने उद्देश्यकासाथ म राजनीतिमा आएको हुँ ।’

यस्तै, ललितपुर क्षेत्र नं. १ खुल्ला तर्फको उम्मेदवार मिठाराम केसीले जनताको भाग्य र भविष्य कोर्नको लागि एउटा अवसरको रुपमा अधिवेशनलाई लिएको बता । उनले भने, ‘जनताको भाग्य र भविष्य कोर्नको लागि एउटा अवसरको रुपमा मैले यो अधिवेशनलाई लिएको छु । यसबाट बनेको कमिटिले जनताको हक, हित र सेवामा काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ 

उक्त अधिवेशनमा बागमती प्रदेश कमिटिको सदस्य अशोक चौलागाईले देशमा गरिवी हटाउने पार्टीको उद्देश्यलाई पूरा गर्न अगाडि बढ्ने भन्दै प्रदेश अधिवेशनले यसलाई अझ प्रभावकारी बनाउने तर्क गरे । उनले भने, ‘स्वच्छ ढङ्गले अगाडि बढ्ने हो, देशमा कोही गरिब रहनु हुदैँन् भन्ने पार्टीको उद्देश्यलाई पूरा गर्न हामी सदस्यहरु अगाडि बढ्ने कुरामा लागेका छौँ र यो प्रदेश अधिवेशनमा यसलाई अझ प्रभावकारी बनाउने छौँ ।’ 

Logo