एमाले सुदुरपश्चिम नेतृत्वमा भएन सहमति, आज साँझ मतदान हुने

एमाले सुदुरपश्चिम नेतृत्वमा भएन सहमति, आज साँझ मतदान हुने


नेकपा एमाले सुदुरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ । सुदुरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभएपछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५ बजे देखी मतदान सुरु हुनेछ ।

प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो भने राती ९ बजेसम्म उम्मेदवार दर्ता फारम बितरण गरिएको थियो । 

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजे देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेबाट मतदान सुरु हुुनेछ । गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेसनको भावी नेतृत्वका लागि सर्वसम्मतको हिजो दिनभरी प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाईएको हो । 

प्रदेश अध्यक्षका लागि अछामका दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन, जसअनुसार अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना रहेका छन भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन । मुलतः तीन जना बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । 
 

Logo