वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई


वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । 

 

नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो । प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले रु पाँच लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम नेपाल पुलिस क्लबले रु दुई लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र हासिल गरेको छ ।

 

 

 

प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुहुँदै खेलकुद क्षेत्रको विकासमा सरकार ध्यान दिनुपर्दछ भन्नुभयो । 

महासचिव चन्दले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन उच्च प्राथमिकताका साथ काम गर्न  सरकारलाई आग्रह गरे । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष जयनन्द चन्दले वीरजङ्गको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

यही  असोज १८ देखि सुरु भएको उक्त प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेका थिए ।

Logo