मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु


विराटनगर ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा स्कोरपिओको ठक्करबाट गएराति तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतिर जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओ दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

सुरुमा स्कोरपिओले पैदल यात्री अन्दाजी ४०, ४५ वर्षीया महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको पनि मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Logo