1
1
1
1
1
0
Shares

नेताहरु कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्छः विष्णु पौडेल

1
1
1
1
1
1
1
1

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले राजनीतिक पार्टीका नेता-कार्यकर्ताहरु गुनासो भन्दा पनि कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ को समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राजनीतिक पार्टीहरुलाई गुनासो गर्ने र आलोचना गरेर उम्कने सुविधा नरहेको भन्दै उनले नेता–कार्यकर्ताहरु गुनासो भन्दा पनि कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीलाई गुनासो र आलोचना गरेर उम्कने सुविधा छैन । हामीसँग राम्रा विचार र दृष्टिकोण छन् भने जनतामाझ जान सक्छौं । जनताले अनुमोदन गरे भने हामीले हाम्रा राम्रा कुरा कार्यान्वयन गर्न सक्छौं । त्यसैले सत्तामा रहेका र प्रतिपक्षमा रहेका कुनै पनि राजनीति दलहरुले गुनासो गरेर कर्तव्य निर्वाह हुँदैन । कर्तव्य निर्वाहको जिम्मेवारीबाट सबै निर्देशित हुनुपर्छ ।’

नेता पौडेलले नेकपा एमाले कर्मक्षेत्रमा खटिरहेको दाबी गर्दै मानवीय सेवाको महाअभियानमा सधैँ र सबै अवस्थामा साथमा रहने प्रतिबद्धतासमेत जनाए । 

प्रकाशित: ४ मंसिर २०८० १९:३१ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी