1
0
Shares

सीमा नाकामा कडाइ गर्न राजपाको माग

1
1
1

काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा)ले सीमा नाकामा थप कडाइ गर्न माग गरेको छ । बुधबार राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै सीमा नाकामा थप कडाइ गर्न माग गरेका हुन् ।

‘छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेकाले खुला सीमानामा अझ निगरानी बढाउनु पर्दछ’–विज्ञप्तिमा उल्लेख छ –‘त्यसका लागि व्यापक सुरक्षाकर्मीहरु परिचालन गरी आवतजावतलाई कडाइका साथ रोक्नु पर्दछ ।’

त्यस्तै राजपाले तेस्रो चरणका रुपमा सरकारले बढाएको लकडाउन स्वागतयोग्य भएको बताएको छ । तर, लकडाउनबाट सर्वसाधारण र मजजदूरलाई परेको समस्याबारे सरकारले ध्यान दिनुपर्नेमा राजपाको जोड छ ।
त्यस्तैगरी स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणबारे जाँच गर्दा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सरकारले पर्याप्त रुपमा उपलब्ध गराउन नसकेको तर्फ राजपाले ध्यानाकर्षण गराएको छ । साथै, लकडाउनका कारण काठमाडौंलगायत देशका विभिन्न स्थानमा रोकिएर खानबस्न अप्ठ्यारोमा परेका नागरिकलाई सम्बन्धित वडाबाट राहत उपलब्ध गराउन राजपाको माग छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निर्णय मात्रै गरेर नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्नेतर्फ पनि सचेत हुन राजपाले सुझाव दिएको छ ।

प्रकाशित: ३ बैशाख २०७७ १६:५९ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी