राजनीति प्रदेश ३

प्रचण्डको श्रमिक दिवसको शुभकामना, राहत वितरण गर्न आग्रह

15 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाका कारण प्रभावित श्रमजीवी वर्गलाई विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकाले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्नु पर्नेलाई खाद्यान्नलगायत आवश्यक व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।

‘आज विश्वव्यापी महामारीका रूपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिंगो विश्व नै संघर्षरत छ’– उनले शुभकामना संन्देशमा लेखेका छन्–‘यति बेला संसारभरका श्रमजीवी मजदुरको रोजगारी गुमिरहेको छ । संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवी जनसमुदायमा अपिल गर्छु ।’

त्यस्तै दाहालले देशका विभिन्न भागबाट घर फर्किने क्रममा अलपत्र परेका मजदुरलाई सुरक्षित रूपमा र्पुयाउनुपर्नेमा समेत जोड दिएका छन् । नेपालमा २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डमा सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरूमा श्रमजीवीको बलिदानीपूर्ण संघर्षलाई समेत दाहालले सन्देशमार्फत स्मरण गरेका छन् ।

शुभकामना संन्देश

प्रकाशित: १९ वैशाख २०७७ १३:०५ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी