अमेरिकाले कोरोनाविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई १९ करोड ४० लाख डलर दिने

अमेरिकाले कोरोनाविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई १९ करोड ४० लाख डलर दिने


वासिङ्टन ।

संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ ।

विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १८ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिए ।

विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्त राज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै १ लाख ३० हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६४ लाख पुगेको छ भने तीन लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस–एएनआई

Logo