राजनीति प्रदेश ३

वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न काँग्रेसको आग्रह

काठमाडौं ।
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । काँग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले कोभिड–१९ का कारण विदेशबाट समेत श्रमिकको माग नभएको अवस्थामा नेपालका करिब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था आएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । कोरोनाले विश्वका सबै व्यवसाय र समाजका हरेक क्षेत्रमा गम्भीर असर परिरहेको भन्दै काँग्रेस संसदीय दलले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गरी वैदेशिक रोजगारी व्यवसायीको इजाजतपत्र नवीकरण लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सकेन : नेविसङ्घ

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको बताएको छ । नेविसङ्घले सोमबार काठमाडौँमा प्रदर्शन गर्दै सरकारले कोरोना सङ्कटका बेलामा सरकारले जनतालाई राहत दिन नसकेको बताएको हो ।

कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन नसेकेको आरोप लगाए । “सङ्कटका बेलामा सरकार जनतालाई राहत दिनु भन्दा पनि आर्थिक अनियमिततामा लाग्यो”, उनले भने । नेविसङ्घले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा निजीलाई दिने व्यवस्था खारेज गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल उद्धारमा सरकार लाग्नुपर्ने बताए । मजदुरलाई राहत दिने र पिसिआर परीक्षणको दायरा बढाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । बिजुली बजारबाट शुरु भएको नेविसङ्घको पदयात्रा नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।रासस

प्रकाशित: २ असार २०७७ ०७:०६ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी