२ जेठ २०७९ सोमबार
1
1
1
1

'भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नु पर्छ' : दिनानाथ शर्मा

1
1
1
1
1
1

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नु पर्ने बताएका छन् ।

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन् । उनले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नु पर्ने बताए । उनले नेपालीहरुको सदस्यता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भारतले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताए । उनले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने उनले बताए ।

उनले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको बताए । उनले भने, ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकताको सन्दर्भमा नेपाली जनता एक ठाउँमा छन् । एक ढिक्का छन् भन्ने सन्देश राष्ट्रिय रुपमा र अन्तर्राष्ट्रिय रुपमा यसले दिएको छ । यो निरन्तर कायम रहने छ । हाम्रो राष्ट्रिय एकता निरन्तररुपमा कायम रहने छ । मैले विश्वास लिएको छु ।’

भारत नेपालको असल मित्र भएको र भारतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताए । उनले भारतले नेपालसँग रोटीबेटी र डोलिबेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काँगडा समेत फिर्ता दिनुपर्ने बताए । १८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पस्ट पार्दै नेपालले सम्झौतालाई बाध्य भएर मान्नु परेको उनले बताए ।

प्रकाशित: ४ असार २०७७ १३:१३ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी