कालोबजारी गरि मास्क र स्यानिटाइजर बेच्ने अनलाइन सपलाई २ लाख ७० हजार जरिवाना

कालोबजारी गरि मास्क र स्यानिटाइजर बेच्ने अनलाइन सपलाई २ लाख ७० हजार जरिवाना


काठमाडौं ।

कोरोना भाइरसले त्रसित बनेका उपभोक्तालाई कालोबजारी गरि बजार मूल्य भन्दा बढिमा मास्क र स्यानिटाइजर बेच्ने तीन वटा अनलाइन व्यापारीक सपलाई उद्योग मन्त्रालयको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले मंगलबार कारवाही गरेको छ।

प्रचलित कानुन र उपभोक्ता हित विपरीतको काम गरेको भन्दै अनलाइन फर्मलाई २ लाख ७० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

आफू खुशी तथा बजार मूल्यभन्दा बढि मनोमानी रूपमा लिएर मास्क र स्यानिटाजर बिक्री गरेको पाइएपछि विभागको अनुगमन टोलीले तिनकुनेमा रहेको नक्षत्र इन्कर्पोरेशन प्रालिलाई २ लाख रुपैंयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

साथै व्यवसाय दर्ता र खरिद बिल प्रयोग नगरी सामान बिक्री गर्ने दुईवटा अनलाइन शपलाई पनि जरिवाना गरेको छ । टोलीले कोटेश्वरमा रहेको अलिबाबा नेपाल शपलाई व्यवसाय दर्ता नगरी व्यापारीक क्रियाकलाप गरेको पाइएपछि ५० हजार रुपैंयाँ तथा इजी शपले ग्राहकलाई बिल प्रयोग नगरी सामान बिक्री गरेको पाइएपछि २० हजार रुपैंयाँ जरिवाना गरिएको विभागले जनाएको हो।

Logo