ताप्लेजुङ समाजद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

ताप्लेजुङ समाजद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान


काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को महामारी प्रकोप र नेपाल सरकारले घोषणा गरेको लकडाउन (बन्दाबन्दी) मा काठमाडा‌ै उपत्यकाको यातयात ब्यवस्थापनमा अहोरात्र खटिरहेका ट्राफिक प्रहरीहरुको स्वास्थ्य सम्बेदनशिलतालाई ध्यानमा राखी महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ताप्लेजुङ समाज नेपालले १ हजार ५०० (एकहजार पाँचसय) थान माक्स र १ हजार थान सर्जिकल ग्लोव्स प्रदान गरेको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक भिम ढकाललाई उनको कार्यकक्षमा ताप्लेजुङ समाज नेपालका उपाध्यक्ष रमेश बरालले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा ताप्लेजुङ समाजका उपाध्यक्ष युवराज गुरुङ, महासचिव अग्नी पौडेल, उपमहासचिव चैतन्य तुम्बाहाम्फे लगायतका पदाधिकारीहरु सहित घुन्सा फाउण्डेसनका अध्यक्ष याङजोम शेर्पा समेतको उपस्थिती रहेको थियो ।

Logo