२ जेठ २०७९ सोमबार
1
1
1
1

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुगे शितल निवास

1
1
1
1
1
1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली शनिबार साँझ शितल निवास पुगेका हुन् । पार्टीको स्थायी कमिटीको बैठकमा बहुमत सदस्यले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागेसँगै चालू अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिस गरेका केही समयमा नै राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन् । भर्खरै अधिवेशन अन्त्य गरेका ओलीले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन सक्ने आशंका गरिएको बेला प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।

प्रकाशित: २० असार २०७७ १८:२२ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी