काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी बालुवाटार फर्किएका छन् । स्रोतका अनुसार शनिबार साँझ शितल निवास पुगेका प्रधानमन्त्री ओली २ देखि ३ घण्टा कुराकानी गरी बालुवाटार फर्किएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्री बीच कुन विषयमा छलफल भयो भन्ने अझै खुलाइएको छैन । प्रधानमन्त्री ओलीले बिहिबार मन्त्रिपरिषद्को बैठक मार्फत चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । मन्त्रिपरिषद्ले सिफारिस गरेको केही समयमा नै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन ।
संसद अधिवेशन अन्त्य भएकाले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याउन राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता भएको हुन सक्ने आशंका गरिएको छ ।
प्रकाशित: २० असार २०७७ १९:३१ शनिबार