नेपालमा २७ जना थपिए कोरोना संक्रमित, कूल संख्या ४०२

नेपालमा २७ जना थपिए कोरोना संक्रमित, कूल संख्या ४०२


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो पटक थप २७ जना नयाँ संक्रमित रहेका छन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कुल संक्रमित मध्ये ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

हिजो बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

Logo