सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी

सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी


सरकारले नयाँ राजनैतिक नक्सा जारी गरेको छ।

सरकारले लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको हो।  सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो।

सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुराबाट आउने काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ। नेपालले पहिलो पटक आफैंले लिम्पियाधुरासहितको नक्सा बनाएको हो ।

नक्सा संसदबाट अनुमोदन भएपछि राजपत्रमा प्रकाशित हुनेछ । राजपत्रमा प्रकाशित पछि मात्रै चलनचल्तीमा आउनेछ ।

गत मंसिरमा भारतले नेपालको लिम्पियाधुरासमेत समेटेर आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो।  त्यसको नेपालले विरोध गरेपनि भारतले उल्टै लिपुलेक हुँदै मानसरोवर जाने बाटो संचालनमा ल्याएको थियो ।

Logo