1
1
1
1
1
0
Shares

राष्ट्रिय सभा समितिहरुमा निर्विरोध सभापति चयन

1
1
1
1
1
1
1
1

काठमाडौं । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा निर्विरोध निर्वाचित भएका हुन् । बिहीबार मनोनयन दर्ता गर्दा चारवटै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको थियो । त्यसैले उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निर्वाचित भएका रामनारायण विडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दास्तावेजहरुलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भइसकेको र अब कार्यान्वयनमा जाने बेला भएको बताए । सरकारलाई कानुन निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरुलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाउने उनको भनाइ छ ।

त्यस्तै दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले समितिले यस अघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिँदै सरकारलाई थप सचेत बनाउने बताइन् । विभिन्न मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र सरकारले के गरिरहेको छ भन्ने कुरामा ओभर साइड गर्ने उनको भनाइ छ ।

त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले वार्षिक कार्ययोजना निर्माण गरी समितिका काम कारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता जनाएकी थिइन् ।

प्रकाशित: २३ साउन २०७७ १९:३३ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी