२७ साउन २०७९ शुक्रबार
1
1
1
1

कोरोना रोकथाम गर्न स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरौँ–गृहमन्त्री थापा

1
1
1
1
1

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन् । आइतबार संवाददातासँग कुराकानी गर्ने मन्त्री थापाले त्यस्तो अपील गरेका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको कडाईका साथ पालना गर्नुपर्नेमा उनको जोड छ ।

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउँन आवस्यक रहेको मन्त्री थापाले बताए । सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । उनले भने–‘कोरोना नियन्त्रण गर्न नागरिकहरुले पनि लकडानका नियमहरुलाई पालन गर्नुपर्छ । सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न । नागरिकहरुको सहभागिता र सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । म सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमहरुलाई पालन गर्न अनुरोध गर्दछु ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपनि फेरि संक्रमण बढिरहेको छ । सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताए । उनले पुनः लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति सरकारले लिएकोे समेत प्रस्ट पारे । लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको मन्त्री थापाको भनाइ छ । ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्न यसमा तालमेल गरेका छौँ’–मन्त्री थापाले भने–‘स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि सञ्चालन गर्नुपर्ने छ । अरु सुरक्षाका मापदण्ड अपनाएर लकडाउनलाई पनि निरन्तरता दिनुपर्ने छ । यी दुईवटै कुराहरुलाई हामीले अगाडि बढाइराखेका छौँ ।’

सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकिछिपि आउने क्रम नरोकिएको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको मन्त्री थापाको दाबी छ । अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सयभन्दा बढी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताए । उनले भने–‘अब हामीले यो खुल्ला नाकाहरुलाई नियन्त्रण गर्नको निमित्त अहिले १२ सयभन्दा बढी बोर्डर आउट पोस्टहरु स्थापना गरिएको छ । त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ । त्यहि पनि लुकिछिपि आउने क्रम केही मात्रामा भएको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ । हिजोको जुन अवस्था थियो त्यो चाहिँ अहिले छैन् ।’

अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताए । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशिल रहेको र बाढी पहिरोको लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले जानकारी दिए । ‘अहिले दुई वटै संकट आएको हुनाले जटिलता पैदा भएको छ । हामीले दुवै समस्यालाई समाधान गर्न प्रयत्न गरिराखेका छौँ’–मन्त्री थापाले भने–‘कोरोनाको निम्ति विशेष सीसीएमसीको माध्यमबाट रोकथामको निम्ति हामी क्रियाशिल छौँ । विपदको निम्ति विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति छ । तीन तहमा नै त्यो माध्यमबाट नियन्त्रण र उद्धारको काम गरिराखेका छौँ ।’

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले जानकारी दिए । विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरु बीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको थापाको भनाइ छ । बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उनले बताए । हरेक वर्ष पूर्व तयारी गरिए पनि उद्धारका लागि साधन स्रोतको समस्या रहेको बताए । ‘पूर्व तयारी हरेक वर्ष गरी राखेका छौँ । त्यहिपनि त्यो प्रयाप्त छैन् केही समस्याहरु छन् ।

विशेष गरेर पूर्व तयारीमा आवश्यक साधन र स्रोतको समस्या छ । विशेष गरेर ठूला हेभि इक्युपमेन्टहरु जो उद्धारको निम्ति आवस्यक हुन्छ त्यसको हामीलाई समस्या छ । कतिपय समस्याहरु तालमेलका पनि छन् । विपदको सामना गृह मन्त्रालयले मात्रै नगर्ने भएर यसका सरोकारवाला निकायहरु पनि छन् । ती सबै मिलेर गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा तालमेलहरु नमिल्दापनि समस्या उत्पन्न हुने गरेको छ । हामीले समयमा नै यसको उद्धार कार्यमा केही जटिलताहरु पैदा हुने गरेको छ । त्यहि पनि यसलाई सकेसम्म न्यून गर्न हाम्रो प्रयत्न जारी छ ।’

मन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालयअन्तर्गत रहेको रकमबाट उद्धार र पुर्नस्थापनाका लागि निकासी गरी काम भइरोखेको जानकारी समेत दिए ।

प्रकाशित: ३२ साउन २०७७ १५:०४ आइतबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी