केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।
नेकपा माओवादी केन्द्रले आफ्ना केन्द्रीय सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षति पुगेको जनाएको छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले एक शोक वक्तव्य जारी गर्दै दाहालको निधनले पार्टीले युवा, जुझारु नेता गुमाएको बताएकी छन् ।
वक्तव्यमा सानै उमेरबाट नै पार्टीमा सक्रिय साकार दाहाल (प्रकाश) २०५७ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता भई केन्द्रीय कार्यालय पार्टी अध्यक्षको निजी सचिवको जिम्मेवारीमा रहनुका साथै दुवै पटक प्रचण्ड प्रधानमन्त्री हँदा सचिवालयमा रहेर अत्यन्त जिम्मेवारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख छ ।
युद्धकालको कठिन र संघर्षमय अवस्थामा पनि विचलित नभई पार्टी गतिविधिमा निरन्तर प्रकाश सक्रिय रहँदै आएका थिए ।
प्रकाशित: ३ मंसिर २०७४ १५:२० आइतबार