नेविसंघका पूर्वमहामन्त्री काफ्लेद्वारा आफ्नो विवाह खर्च कटाएर कोरोना राहत कोषमा जम्मा

नेविसंघका पूर्वमहामन्त्री काफ्लेद्वारा आफ्नो विवाह खर्च कटाएर कोरोना राहत कोषमा जम्मा


काठमाडौं ।

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वापतको रकम ‘कोभिड-१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड-१९, प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गरेका हुन् । पूर्वमहामन्त्री काफ्लेले कोषमा २ लाख रुपैयाँ जम्मा गरेका हुन् । विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उनले बताए । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको उनले बताए ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभाव नेपालमा पनि छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका सांसदहरुले राहत कोषमा रकम जम्मा गरेका छन् । नीजि क्षेत्रका व्यवसायी र अन्य नागरिकहरुले पनि व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ५२ जनामा संक्रमण देखिएको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय १० जना आइसोलेसनमा रहेका छन् ।

Logo