नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै (भिडियोसहित)

नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै (भिडियोसहित)


काठमाडौं ।

नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ ।

नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो । औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजय श्री रत्न बज्राचार्यले कोभिड–१९ का लागि चाहिने अत्यावश्यक हयाण्ड स्यानिटाइजर उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार अहिले विभागले दैनिक आठदेखि १० हजार ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ भने पाँचदेखि छ हजार बिक्री वितरण भइरहेको छ । विभागले १०० एमएल बोलतको स्यानिटाइजर उत्पादन गरिरहेको हो ।

लिमिटेडसँग दैनिक २० हजार उत्पादन गर्ने क्षमता छ । तथापि कच्चा पदार्थ र जनशक्तिको अभावले आवश्यक मात्रामा उत्पादन गर्न सकेको छैन । विशेषगरी सरकारी कार्यालय, विभिन्न निकाय विभागले उत्पादन गरेको स्यानिटाइजर उपभोग गरिरहेका छन् । धेरै कार्यालय तथा निकाय विभागकै बिक्री वितरणकक्षमा आएर आवश्यक स्यानिटाइजर लैजाने गरेका छन् भने कतिपय औषधि खरिदकर्ताले विभागबाट खरिद गरेर बिक्री वितरण गरिरहेको विभागले उल्लेख गरेको छ ।

औषधि लिमिटेडले पहिला थोक बिक्रेतालाई मात्रै बिक्री गर्दै आए पनि अहिले विषम परिस्थिति भएकाले कार्यालय आउने जो–कोहीलाई आवश्यक स्यानिटाइजर होलसेल मूल्य प्रतिबोतल रु १५० मा उपलब्ध गराइने गरेको जनाएको छ । लिमिटेडले अहिले स्टकको स्यानिटाइजर बिक्री गरिरहेको र अर्को चरणको उत्पादनमा मूल्य घटाइने जनाएको छ । भिडियोमा

Logo